नियम ७
नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठान वा कर्मचारीले बोनस वापत पाउने अधिकतम रकमको हद :
(१) नेपाल सरकारको स्वामित्व भएको नियम ६
को उपनियम (१) बमोजिमको प्रतिष्ठानमा कार्यरत
अधिकृत तहको कर्मचारीले एक आर्थिक वर्षमा शुरु
तलब स्केलको तीन महिनाको तलब बराबरको
रकम र सोभन्दा तल्लो तहका कर्मचारीले एक
आर्थिक वर्षमा शुरु तलब स्केलको “चार महिनाको
तलब बराबरको रकमभन्दा बढी. हुने गरी बोनस
पाउने छैन।
(२) नेपाल सरकारको स्वामित्व भएको नियम ६ को उपनियम (२) बमोजिमको प्रतिष्ठानमा कार्यरत अधिकृत तहको कर्मचारीले एक आर्थिक वर्षमा शुरु तलब स्केलको दुई महिनाको तलब बराबरको रकम र सोभन्दा तल्लो तहको कर्मचारीले एक आर्थिक वर्षमा शुरु तलब स्केलको तीन महिनाको तलब बराबरको रकमभन्दा बढी हुने गरी बोनस पाउने छैन।